Health TV Online
Health TV Online
Health TV Online

मुम्बईमा कोरोना संक्रमण नियन्त्रण बाहिर, संक्रमितलाई बेड पाउनै मुश्किल

मुम्बईमा कोरोना संक्रमण नियन्त्रण बाहिर, संक्रमितलाई बेड पाउनै मुश्किल

हेल्थ टिभी अनलाइन \काठमाडौं : भारतमा फेरी एकपटक कोरोना संक्रमण तीब्र गतिमा फैलिरहेको छ । विशेष गरी महाराष्ट्र, दिल्ली, पंजाब, गुजरात लगायतका ठूला शहरमा कोरोना संक्रमण नियन्त्रण बाहिर भएको भन्दै सरकारले सबैलाई सचेत हुन आग्रह गरेको छ ।

उता मुम्बईमा अस्पतालहरु संक्रमितले खचाखच भरिन थालेका छन् भने कयौं संक्रमितले बेड समेत पाउन नसकेको बताइएको छ । कोरोना संक्रमणको अवस्थालाई हेरेर मुम्बईमा नाइट करफ्यु लगाइएको छ । यसैगरी धेरै भिडभाड हुने व्यापार व्यवसायलाई पनि अल्टरनेट गर्दै खोल्न आग्रह गरिएको छ । तर पनि संक्रमण राकिने संकेत नै देखिएको छैन्।

सोमबार महाराष्ट्रमा मात्रै ३१ हजार ६४३ जना नयाँ संक्रमित थपिएका छन्। यो संख्या अत्यधिक भएको स्वास्थ्यकर्मीहरुले बताएका छन्। भारतमा ठूला शहरहरुमा पछिल्लो १० दिन यता दैनिक रुपमा ५० हजार भन्दा बढी नयाँ संक्रमित थपिंदै आएका छन्।

उता भारतमा कोरोना संक्रमण फैलिरहँदा त्यहाँ रहेका नेपालीहरु स्वदेश फर्किने क्रम बढेको बताउँछन् इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा कृष्ण पौडेल । उनले भारतबाट नेपालीहरु आइरहेकाले अब नेपालमा पनि सक्रमण फैलिनसक्ने डर भएको जनाए । संक्रमणको जोखिमलाई मध्यनजर गर्दै नेपाल छिर्ने नाकामा स्वास्थ्य परीक्षण गर्ने काम शुरु गरेको समेत उनले जानकारी दिए ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार