वायु प्रदूषण नघटेपछि देशभरका शिक्षण संस्था ४ दिन बन्द गर्ने सरकारको निर्णय
हेल्थ टिभी अनलाइन \काठमाडौं : केही दिन यतादेखि मौसममा परिवर्तन आई वायु प्रदूषण बढेपछि सरकारले भोलिदेखि ४ दिन देशभरका सबै शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वायू प्रदूषणका कारण बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै ४ दिन (मंगलबारदेखि शुक्रबारसम्म) का लागि शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको जनाएको छ । गत शुक्रबारदेखि काठमाडौं उपत्यकालगायतका केही स्थानहरुमा अत्यधिक वायु प्रदूषण बढेको छ । जुन घट्नुको सट्टा झनझन बढ्दै गइरहेको छ ।
यसअघि नै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि वायु प्रदूषणका कारण स्वास्थ्यमा असर पर्ने भन्दै अत्यावश्यक नपरेसम्म घरबाहिर ननिस्कन आग्रह गर्दै विज्ञप्ति जारी गरेको थियो । यसैगरी धुलो धुवाँ निकाल्ने कल कारखाना, व्यापार व्यवसाय पनि केही दिनका लागि बन्द गर्न स्वास्थ्य मन्त्रालयले सबैसँग आग्रह गरेको थियो ।
तर पूर्व निर्धारित कार्यतालिका अनुसार परीक्षा सञ्चालन गरिरहेका विश्वविद्यालय तथा उच्च शिक्षा प्रदायक शिक्षण संस्थाहरुले भने स्वास्थ्य सजगता अपनाउँदै परीक्षा सञ्चालन गर्न सक्नेछन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण