Health TV Online
Health TV Online
Health TV Online

पछिल्लो २४ घण्टामा देशभर ८९ संक्रमित थपिए, ९५ जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा देशभर ८९ संक्रमित थपिए, ९५ जना डिस्चार्ज

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप ८९ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर २ हजार १०१ जनाको पीसीआर परीक्षण गरिएकोमा ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ७६ हजार ८३९ पुगेको छ । यसैगरी आज ९५ जना संक्रमित डिस्चार्ज भएसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७२ हजार ५३० पुगृको मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा कोरोना संक्रमतिको मृत्यु भने शुन्य रहेको छ । हालसम्म कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या ३ हजार २७ पुगेको छ । उता कोरोनाको आंशकामा अझै पनि ५७ जना देशका विभिन्न क्वारेन्टाइनमा रहेका छन्।

अहिले देशभर सक्रिय कोरोना संक्रमितको संख्या १२ सय ८२ रहेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार