जनस्वास्थ्यका मापदण्ड पालना गर्दै घरमै होली मनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
हेल्थ टिभी अनलाइन\ काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणबाट बच्न जनस्वास्थ्यका मापदण्ड पालना गर्दै होली मनाउन आग्रह गरेको छ ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले छिमेकी मुलुक भारतमा कोरोना संक्रमण तीब्र रुपमा फैलिरहेकाले नेपाल पनि उच्च जोखिममा रहेको भन्दै यसपटक होली मनाउँदा धेरै भिडभाड नगर्न र घरमै बसेर मनाउन आग्रह गरेका हुन्। उनले समूहमा बाहिर निस्किएर होली खेल्दा यसले संक्रमण फैलिने डर भएकाले संयमित भएर आफनो घरमा परिवारसँग मात्र होली मनाउन आग्रह गरेका हुन्।
नेपालमा होलीलाई रङहरुको पर्वको रुपमा धुमधामले सामूहिक रुपमा मनाउने चलन रहेको छ । यो माया र सदभाव साटासाट गर्ने पर्व पनि हो ।
कोरोना संक्रमण फैलिन सक्ने डरका कारण सरकारले होलीमा भिडभाड हुने कार्यक्रमहरु नगर्न र नगराउन भन्दै यसअघि नै सूचना जारी गरिसकेको छ । यसैगरी स्वास्थ्य मन्त्रालयले होली खेल्नै परेमा मास्कको अनिवार्य प्रयोग गर्न, २ मिटरको सामाजिक दूरी कायम गर्न र हात धुने वा सेनिटायजरको प्रयोग गरिरहने कार्य गर्न भने नबिर्सन सबैलाई आग्रह गरेको छ । सजगताका साथ होली मनाएर संक्रमण फैलिन नदिन सबैले सहयोग गर्न समेत मन्त्रालयले अनुरोध गर्दै आएको छ ।
भारतमा कोरोना संक्रमण तीब्र रुपमा फैलिरहेकाले खुला सीमा नाकाका कारण नेपाल पनि फेरी एकपटक संक्रमणको उच्च जोखिममा परेको छ ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित