Health TV Online
Health TV Online
Health TV Online

पछिल्लो २४ घण्टामा देशभर थपिए ८५ जना संक्रमित, ३ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर थपिए ८५ जना संक्रमित, ३ जनाको मृत्यु

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर ८५ जना संक्रमित थपिएका हुन्। यसैगरी गत २४ घण्टामा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ७६ हजार ७५० पुगेको छ भने कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार २७ पुगेको छ । उता आज थप ९३ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन्।

केही दिन यता कोरोना संक्रमितको संख्या बढिरहेको छ भने मृत्युदर पनि बढेको छ । भारतमा कोरोना संक्रमण फैलिरहँदा नेपाल पनि उच्च जोखिममा रहेको विज्ञहरुले बताएका छन्।

हाल देशभर १२ सय ८८ जना सक्रिय संक्रमित रहेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार