Health TV Online
Health TV Online
Health TV Online

स्वास्थ्य मन्त्रालयले भन्यो- काठमाडौं उपत्यकामा अत्यधिक वायु प्रदूषण बढेको छ सावधानी अपनाऔंँ

मर्निङ वाकमा समेत ननिस्कन आग्रह

स्वास्थ्य मन्त्रालयले भन्यो- काठमाडौं उपत्यकामा अत्यधिक वायु प्रदूषण बढेको छ सावधानी अपनाऔंँ

हेल्थ टिभी अनलाइन \काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा अचानक मौसममा आएको परिवर्तनसँगै अत्यधिक वायु प्रदूषण बढेकाले विशेष सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।

मन्त्रालयका सह प्रवक्ता डा समिरकुमार अधिकारीले एक विज्ञप्ति जारी गर्दै उपत्यकामा देखिएको वायु प्रदूषणले श्वासप्रश्वास लगायतमा स्वास्थ्य समस्या निम्त्याउने हुँदा सकेसम्म बाहिर खुला स्थानमा ननिस्कन आग्रह गरेका हुन्। मन्त्रालयले यो समयमा सकेसम्म धुलो धुँवा निकाल्ने कल कारखाना, व्यवसाय केही दिनलाई बन्द गर्न तथा अत्यावश्यक नपरेसम्म सवारीसाधन समेत नचलाउन आग्रह गरेको छ । यसैगरी फोहोरको उचित व्यवस्थापन गर्न र यसलाई जलाउने काम कसैले पनि नगर्न पनि अनुरोध गरिएको छ ।

काठमाडौं उपत्यकामा आज बिहानैदेखि मौसममा अचानक परिवर्तन भई आकाश धुलोमय बनेको छ भने नजिकैको दृष्य पनि देख्न नसकिने गरी दिउँसै रात परे जस्तै बनेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार