भारतबाट आएकालाई नाकामा स्वास्थ्य जाँचसहित मास्क समेत दिएर पठाइने
हेल्थ टिभी अनलाइन \काठमाडौं : भारतबाट नेपाल भित्रिने नागरिकलाई सीमा नाकामा स्वास्थ्य जाँच गरेसँगै मास्क पनि दिएर पठाउने निर्णय भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बसेको कोरोनासम्बन्धी उच्चस्तरीय बैठकले भारतमा कोरोना संक्रमण फैलिएसँगै नेपालमा पनि जोखिम बढेको भन्दै यस्तो निर्णय गरेको हो । यतिबेला भारतका विभिन्न ठूला शहरहरुमा कोरोनाको दोस्रो वेभ फैलिरहेको छ । भारतमा धेरै नेपाली भएका कारण र खुला सीमानाका कारण पनि उनीहरु आवतजावत गर्दा नेपालमा पनि जोखिम रहेको भन्दै सरकारले विशेष सावधानी र तयारी गरिरहेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जनाएका छन्।
भारतबाट आउनेलाई सीमामा रहेको हेल्थ डेस्कमा एन्टिजेन परीक्षण गरिने साथै लक्षण भएका व्यक्ति आएमा पीसीआर समेत गरी पठाउने उनले बताए । यसैगरी भारतबाट आएका सबैलाई कम्तीमा १० दिन होम आइसोलेसनमा बस्न समेत आग्रह गरिएको छ ।
पछिल्लो समय भारतमा कोरोना संक्रमण तीब्र रुपमा बढिरहेपछि नेपालमा पनि चिन्ता र चासाे बढेकाे छ ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित