शिक्षण संस्थामा जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्न सरकारको निर्देशन
हेल्थ टिभी अनलाइन \काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भारतमा संक्रमण फैलिएसँगै नेपालमा पनि कोरोना संक्रमणको जोखिम बढ्ने भएकाले शिक्षण संस्थाका अनिवार्य रुपमा जनस्वास्थ्यका मापदण्ड पालना गर्न निर्देशन दिएको छ ।
शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बसेको बिहीबारको बैठकले शिक्षण संस्थाहरुले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्धारण गरेका जनस्वास्थ्यका सम्पूर्ण मापदण्ड पालना गर्न निर्देशन दिएको हो । मन्त्रालयले शिक्षण संस्थामा भिडभाड हुने खालका वार्षिकोत्सव, गोष्ठी, अन्तरक्रिया जस्ता क्रियाकलाप नगर्न समेत आग्रह गरेको छ । यसैगरी विद्यार्थी तथा शिक्षक शिक्षिकाले अनिवार्य मास्क लगाउने, हात धोइरहने वा सेनिटाइजर लगाउने साथै सामाजिक दूरी कायम गर्न समेत सबै विद्यालयलाई आग्रह गरिएको छ ।
मन्त्रालयले यदि कोही विद्यार्थी वा कर्मचारीलाई ज्वरो आएमा, रुघाखोकी लागेमा र कोरोनाको आंशका लागेमा आइसोलेसनमा बस्न लगाउने र तुरुन्त स्वास्थ्य संस्थामा गएर परीक्षण गर्न र गर्न लगाउन विज्ञप्तिमा उल्लेख गरेकोे छ ।
भारतमा कोरोनाको दोस्रो वेभ फैलिएपछि नेपालमा पनि सतर्कता अपनाउन थालिएको हो ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण