भारतमा फेरी कोरोना कहर : होलीमा बाहिर निस्कन बन्देज
हेल्थ टिभी अनलाइन : भारतमा पुन: एकपटक कोरोना कहर फैलिएको छ । लगातार ५ दिनदेखि त्यहाँ ४० हजार भन्दा बढी नयाँ संक्रमित फेला परेका छन्। पछिल्लो २४ घण्टामा ४७ हजार २६२ जनामा कोरोना पुष्टि भएको छ भने २७५ जना संक्रमितको मृत्यु भएको जनाइएको छ ।
भारतको मुम्बई, दिल्ली, पंजाब, गुजरात लगायतका शहरहरुमा धमाधम संक्रमित बढिरहेका छन्। जसका कारण सरकारले रंगहरुको पर्व होलीमा भिडभाड नगर्न र घरमै बसेर पर्व मनाउन आग्रह गरेको छ । सरकारले सूचना जारी गर्दै सार्वजनिक स्थलमा होलीको कार्यक्रम आयोजना गर्न नपाउने जनाएको हो ।
संक्रमित बढ्न थालेपछि त्यहाँ सरकारले कहीं लकडाउन त कर्ही निशेधाज्ञा जारी गर्दै यसलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । भारतमा हालसम्म १ करोड १७ लाख ३४ हजार ५८ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ भने १ लाख ६० हजार ४७७ जना संक्रमितको मृत्यु भइसकेको छ ।
भारतमा कोरोना संक्रमण फैलिरहँदा त्यसको जोखिम खुला बोर्डरका कारण नेपालमा पनि देखिने गर्छ । विज्ञहरुले नेपालमा पनि संक्रमण फैलिन सक्ने भन्दै सिमा नाकाहरुमा कडाई गर्नुपर्नेमा जोड दिएका छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण