आज १८८ जनामा कोरोना संक्रमण पुष्टि
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा कोरोना संक्रमितको संख्या थपिने क्रम फेरी तीन अंकमा पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ३२ जनाको पीसीआर परीक्षण गर्दा १८८ जनामा कोरोना पोजेटिभ देखिएको हो । हिजो पनि १५० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
योसँगै देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ७६ हजार २४४ पुगेको छ । यसैगरी २ लाख ७२ हजार ९७ जना संक्रमणमुक्त भइसकेका छन्। हालसम्म नेपालमा ३ हजार १९ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाइसकेका छन्। उता भारतमा पुन कोरोना संक्रमण बढ्न थालेपछि नेपालमा पनि त्यसको जोखिम बढी हुने भन्दै सरकारले नाकाहरुमा कडाइ गर्न थालेको छ ।
भारतको महाराष्ट्र लगायतका शहरहरुमा कोरोना फेरी बढिरहेको छ ।
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण
बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा थप ७ दिन जारी
‘इन्डोडन्टिक्स’ सम्बन्धी पहिलो ‘पीजी कन्भेन्सन’ सम्पन्न
सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार
रसुवा बाढी : अझै पनि ४ हजार २१६ जना सम्पर्कविहीन