Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

आज १८८ जनामा कोरोना संक्रमण पुष्टि

आज १८८ जनामा कोरोना संक्रमण पुष्टि

हेल्थ टिभी अनलाइन \काठमाडौं :  नेपालमा कोरोना संक्रमितको संख्या थपिने क्रम फेरी तीन अंकमा पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ३२ जनाको पीसीआर परीक्षण गर्दा १८८ जनामा कोरोना पोजेटिभ देखिएको हो । हिजो पनि १५० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

योसँगै देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ७६ हजार २४४ पुगेको छ । यसैगरी २ लाख ७२ हजार ९७ जना संक्रमणमुक्त भइसकेका छन्। हालसम्म नेपालमा ३ हजार १९ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाइसकेका छन्। उता भारतमा पुन कोरोना संक्रमण बढ्न थालेपछि नेपालमा पनि त्यसको जोखिम बढी हुने भन्दै सरकारले नाकाहरुमा कडाइ गर्न थालेको छ ।

भारतको महाराष्ट्र लगायतका शहरहरुमा कोरोना फेरी बढिरहेको छ ।

 

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार