कोरोना विरुद्धको दोस्रो डोज खाेप समेत लगाइसकेका स्वास्थ्यकर्मीमा देखियो संक्रमण
हेल्थ टिभी अनलाइन : भारतमा कोरोना विरुद्धको दुबै डोज खाेप लगाइसकेका स्वास्थ्यकर्मीमा पनि पुन: कोरोना संक्रमण पुष्टि भएको छ ।
दिल्लीको एक अस्पतालमा काम गर्ने नर्समा कोरोना विरुद्धको दुबै डोज लिइसकेपछि कोरोना संक्रमण देखिएको अस्पतालले जनाएको छ । नर्सले पहिलो डोज जनवरी १८ मा र दोस्रो डोज फेब्रुअरी १७ मा लगाएकी थिइन्। उनलाई सोमबार अस्पतालमा ड्युटीमै रहेका बेला शरीर दुख्ने र ज्वरो आएपछि शंका लागेर परीक्षण गर्दा कोरोना पोजेटिभ आएको बताइएको छ । उनी अहिले आइसोलेसनमा रहेकी छिन्।
उता भारतकै उत्तर प्रदेशको लखनउमा पनि कोरोनाको दुबै डोज खोप लगाइसकेको एक चिकित्सकमा कोरोना पोजेटिभ देखिएको छ । यी दुबै घटनाले कोरोना विरुद्धको खोप लगाए पनि पूर्ण रुपमा सुरक्षित हुन सकिंदैन र यसबाट बच्न जनस्वास्थ्यका मापदण्ड पालना गर्नुको विकल्प नभएको प्रष्ट पारेको छ ।
नेपालमा दोस्रो डोज खोप दिन अझै शुरु गरिएको छैन्। वैशाख ७ गतेदेखि मात्र पहिलो चरणमा पहिलो डोज पाएकाहरुले दोस्रो डोज खोप लगाउने कार्यक्रम तय भएको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण