पछिल्लो २४ घण्टामा देशभर थपिए १५० संक्रमित, ३ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप १५० जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर आज १५० संक्रमित थपिएका हुन्। पछिल्लो २४ घण्टामा ४ हजार ४७२ जनाको पीसीआर परीक्षण गरिएको थियो ।
योसँगै देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ७६ हजार ५६ पुगेको छ । यीमध्ये २ लाख ७२ हजार २० जना कोरोना संक्रमित संक्रमणमुक्त भइसकेका छन्।
आज एकैदिन देशभर ३ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । आज मृत्यु भएकासहित गरी देशभर कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या ३ हजार १९ पुगेको छ । उता सक्रिय संक्रमितको संख्या पनि बढेर १ हजार १७ पुगेको छ ।
जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकलाई काठमाडौं महानगरले नि:शुल्क उपचार दिने
डा सन्दीपलाई प्रश्न : घुँडा किन दुख्छ, कसरी बच्ने ?
आजदेखि सात जिल्लामा हात्तिपाइले विरुद्धको औषधि खुवाइँदै
दीर्घ जीवनका लागि रिस त्याग्नुहोस्, शान्त रहनुहोस
बसाइ नमिल्दा ढाड दुख्ने समस्या !