स्वास्थ्य मन्त्रालयले भन्यो, कोरोना जोखिम बढ्यो सभा-सम्मेलन गर्ने काम बन्द गरौं
हेल्थ टिभी अनलाइन \काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको जोखिम बढेको भन्दै सभा सम्मेलन, गोष्ठी, सम्मेलन जस्ता भिडभाड हुने काम बन्द गर्न आग्रह गरेको छ ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आज एक विज्ञप्ति जारी गर्दै छिमेकी मुलुकहरुमा कोरोना संक्रमणको जोखिम बढिरहेकाले नेपाल पनि जोखिममा भएकाले भिडभाड हुने काम बन्द गर्न आग्रह गरेका हुन्। उनले पछिल्लो समय धेरैले स्वास्थ्यका मापदण्ड पालना गर्न समेत छोडेको भन्दै कोरोनाबाट बच्न अनिवार्य रुपमा मास्कको प्रयोग गर्न, सामाजिक दूरी कायम गर्न तथा हात हुने वा सेनिटाइजरको प्रयोग नियमित गर्न छोड्न नहुने बताए ।
केही दिनदेखि भारतमा कोरोना संक्रमणदर ह्वात्तै बढेको छ । भारतमा कोरोना संक्रमित बढ्दा खुला बोर्डरका कारण पनि त्यसको जोखिम नेपालमा पनि बढ्ने गरेको छ । सोही कुरालाई मध्यनजर गर्दै आज मन्त्रालयले यस्तो विज्ञप्ति जारी गरेको हो ।
यद्यपी नेपालमा अहिले जम्मा ९६९ जना मात्र सक्रिय संक्रमित रहेका छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण