भारतमा फेरी बढ्दै कोरोना संक्रमण, एकैदिन देखिए झण्डै ४४ हजार संक्रमित
हेल्थ टिभी अनलाइन \काठमाडौं : भारतमा फेरी एकपटक कोरोना संक्रमण बढ्न थालेको छ । त्यहाँको केन्द्रिय स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा झण्डै ४४ हजार संक्रमित थपिएको जनाएको छ । यसैगरी एकैदिन १९७ जनाको कोरोना संक्रमण भएर मृत्यु भएको छ ।
यो संख्या ३ ४ महिना यताकै उच्च भएको समेत मन्त्रालयले जनाएको छ । भारतमा केही समय कोरोना संक्रमण कम हुँदै गएको भए पनि अहिले एक सातादेखि फेरी संक्रमण दर बढ्दै गएको पाइन्छ । भारत सरकारले कोरोना संक्रमण बढ्दै गएपनि केही स्थानहरुमा लकडाउन एवं नाइट कफ्र्यु समेत जारी गरेको छ ।
महाराष्ट, भोपाल, दिल्ली,इंदोर लगायतका शहरहरुमा संक्रमित बढी फेला परेका हुन्। भारतमा संक्रमण बढ्दै जाँदा खुला सिमानाका कारण नेपालमा पनि जोखिम हुने खतरा रहेको विज्ञहरुले बताउँदै आएका छन्।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित