Health TV Online
Health TV Online
Health TV Online

आज विश्व डाउन सिन्ड्रोम दिवस मनाइँदै

आज विश्व डाउन सिन्ड्रोम दिवस मनाइँदै

हेल्थ टिभी अनलाइन \काठमाडौं : आज विश्वभरी नै डाउन सिन्ड्रोम दिवस मनाइँदैछ । मार्च महिनाको २१ तारिखमा हरेक वर्ष डाउन सिन्ड्रोम दिवस मनाउने गरिन्छ । डाउन सिन्ड्रोम एक वंशाणुगत अवस्था हो जसमा बच्चामा बौद्धिक अपांगता देखिने गर्छ । यस्ता बच्चाहरुले विशेष स्याहार सुसार नपाउँदा आयू पनि कम हुन जान्छ ।

नेपालमा पनि केही वर्ष अघिदेखि यो दिवस मनाउन थालिएको हो । दिवसको अवसर पारेर वंशाणुगत रोगको सम्पूर्ण जाँच र पहिचान गर्ने ल्याब नोभा इनटरनेशनल डायग्नोष्टिकले चिकित्सक, डाउन सिन्ड्रोम भएका व्यक्तिहरु एवं सरोकारवाला निकायसँग अन्तरर्किया कार्यक्रमको आयोजना गरेको छ ।

डाउन सिन्ड्रोमलाई अझै पनि अभिशापको रुपमा लिइँदा उनीहरु शिक्षा, रोजगार जस्ता क्रियाकलापमा समेत वञ्चित हुँदै आएको बताउँछिन् वंशाणुगत रोग विशेषज्ञ डा निलम ठाकुर । उनले डाउन सिन्ड्रोम हुने अवस्था बच्चा आमाको पेटमा भएकै बेला विशेष जाँच गरेर पत्ता लगाउन सकिने भए पनि नेपालमा अझै पनि यसबारे जानकारी नभएको बताइन्।

उनले डाउन सिन्ड्रोमकाबारेमा व्यापक जनचेतनाको खाँचो भएको समेत औंल्याइन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार