थप १२५ जनामा कोरोना संक्रमण पुष्टि, १२३ जना डिस्चार्ज
हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा आज थप १२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १२५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
गत २४ घण्टामा देशभर ३ हजार १६१ जनाको पीसीआर परीक्षण गरिएको थियो । यसैगरी गत २४ घण्टामा थप १ जना कोरोना संक्रमितको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ । योसँगै देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ७५० पुगेको छ । यसैगरी २ लाख ७१ हजार ७३३ जना संक्रमणमुक्त भइसकेका छन्।
उता नेपालमा हालसम्म कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या ३ हजार १६ पुगेको छ । अहिले देशभर १ हजार १ जना सक्रिय कोरोना संक्रमित रहेका छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण