Health TV Online
Health TV Online
Health TV Online

नवीन्द्रराज जोशीको उपचारमा सरकारले १० लाख सहयोग गर्ने

नवीन्द्रराज जोशीको उपचारमा सरकारले १० लाख सहयोग गर्ने

हेल्थ टिभी अनलाइन\काठमाडौं : नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको उपचारमा सरकारले १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ।

उपप्रधानमन्त्री ईश्वर पोखरेलले आज (शुक्रबार) जोशीको उपचार भइरहेको नर्भिक इन्टरनेशनल हस्पिटलमा पुगी उनको स्वास्थ्य अवस्था बुझ्दै परिवारका सदस्यलाई सरकारले गर्ने सहयोगकाबारे जानकारी गराएका हुन्। उपप्रधानमन्त्री पोखरेलले बिहान साढे ९ बजे नर्भिक अस्पतालमा पुगेर कांग्रेस नेता जोशीको पछिल्लो स्वास्थ्य अवस्थाकोबारेमा जानकारी लिएका थिए।

जोशीको फागुन १४ गतेदेखि नर्भिक अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । उनलाई मष्तिस्कघात भएको थियो । जोशीको अवस्था गम्भीर रहेको समेत अस्पतालले जनाएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार