माघ १४ देखि फागुन १० गतेसम्म पहिलो डोज कोरोना खोप लगाएकालाई वैशाख ७ देखि दोस्रो डोज दिइने
हेल्थ टिभी अनलाइन \काठमाडौं : माघ १४ देखि फागुन १० गतेसम्म कोरोना विरुद्धको पहिलो डोज खोप लगाएकालाई वैशाख ७ गतेदेखि दोस्रो डोज दिइने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पहिलो प्राथमिकतामा परेर पहिलो मात्रा लगाएका सबै नागरिकलाई यही वैशाख ७ गतेदेखि दोस्रो डोज दिइने जनाएका हुन्। उनले माघ १४ देखि फागुन १० सम्म पहिलो मात्रा खोप लिएकाले आफनो नजिकको स्वास्थ्य संस्थामा गएर वैशाख ७ गतेदेखि ११ गतेसम्म खोप लगाउन सकिने जनाए ।
उनले फागुण २३ गतेदेखि ६५ वर्ष माथिका नागरिकलाई पहिलो मात्रा खोप दिएको भए पनि उनीहरुलाई भने दोस्रो डोज कहिले दिने भन्ने सूचना जारी गरिने बताए । उता ५५ वर्ष माथिमा नागरिकलाई भने खोप प्राप्त भएपछि मात्र दिन शुरु गरिने समेत जानकारी दिए । नेपालले भारतसँग खरिद गरेको १० लाख डोज कोरोना खोप आउनै बाँकी छ । त्यो आइसकेपछि मात्र पहिलो मात्रा दिन शुरु गरिने बताइएको छ ।
माघ १४ यता नेपालमा १६ लाख ४४ हजार बढीले कोरोना विरुद्धको खोप लगाइसकेकाे मन्त्रालयले जनाएकाे छ ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित