२४ घण्टामा ६० संक्रमित थपिए, ७२ जना डिस्चार्ज
हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा आज थप ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिलो २४ घण्टामा २ हजार ३६२ जनाको पीसीआर परीक्षण गर्दा थप ६० जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै देशभर कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार १७८ जना पुगेको छ । यीमध्ये २ लाख ७१ हजार २४९ जना संक्रमणमुक्त भएका छन्।
आज मात्रै ७२ जना निको भएर डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा २ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या ३ हजार १४ पुगेको छ । हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या ९१५ रहेको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण