नेपाल प्रत्यारोपण खेलकुद प्रतियोगिता सम्पन्न
हेल्थ टिभी अनलाइन\ काठमाडौं : विश्व मिर्गौला दिवसको अवसरमा आयोजना गरिएको एघारौँ नेपाल प्रत्यारोपण खेदकुद प्रतियोगिता सम्पन्न भएको छ । ‘मिर्गौला रोग लागे पनि राम्ररी जिउँ’ भन्ने नाराका साथ आज मनाइएको दिवसको अवसर पारेर स्वास्थ्य अभियान नेपाल नामक संस्थाले खेलकुद प्रतियोगिता गरेको हो ।
ललितपुरको सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघको फुटबल मैदानमा आयोजना गरिएको उक्त कार्यक्रममा ११ औं नेपाल प्रत्यारोपण खेलकुद, अन्तरक्रिया कार्यक्रम, निःशुल्क मिर्गौला परीक्षण तथा अंगदान शिविर संचालन गरिएको थियो । प्रत्यारोपण खेलकुद अन्तर्गत प्रत्यारोपित तथा अंगदाताको टोली र चिकित्सक, नर्स, पत्रकार, कलाकार, समाजसेवी लगायत टोलीबिच मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भयो । जसमा प्रत्यारोपित टोलीले चिकित्सक लगायतको टोलीलाई फुटबल प्रतियोगितामा ४–१ गोलको अन्तरले पराजित गरे । बिजयी टोलीका क्याप्टेन मिर्गौला प्रत्यारोपित श्री झमक बहादुर श्रेष्ठलाई ट्र्रफी तथा उत्कृष्ट फुटबलर घोषित श्री बिशेष आचार्यलाई नगद पुरस्कार प्रदान गरिएको थियो ।
उक्त कार्यक्रममा नेपालमा पहिलो पटक ११ बर्ष अघि दोश्रो मिर्गौला प्रत्यारोपण गरेका श्री धर्मराज पौडेल, पहिलो कलेजो प्रत्यारोपण गर्ने श्री बलराम नागा, दुइ परिवार बीच साटासाट गरी मिगौला प्रत्यारोपण गर्ने श्री खेमराज निरौला र श्री बिष्णुबाबु श्रेष्ठ, मस्तिष्क मृत्युबाट प्राप्त अंगदानबाट मिर्गौला प्रत्यारोपण गर्ने श्री मिलन श्रेष्ठ र श्री गोबिन्द तिमिल्सिना, उनीहरुका अंगदाता र परिवारलाई विशेष सम्मान गरिएको थियो । कोभिड १९ को जोखिमलाई ध्यान दिंदै सवै प्रत्यारोपित एवं आगन्तुकलाई सामाजिक दुरी कायम गरी भाग लिन आव्हान गरिएको उक्त कार्यक्रममा विभिन्न क्षेत्रकाव्यक्तिहरुको उपस्थिती रहेको थियो ।
उक्त कार्यक्रममा विशेष अतिथीका रुपमा आएका नेकपाकी नेतृ पम्फा भुषाल, वरिष्ठ कालाकार मदनकृष्ण श्रेष्ठ, ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, पुर्व मुख्य सचिव तथा पुर्व राजदुत लिलामणि पौडेलले अंगदान र प्रत्यारोपणमा अझै जनचेतना अभिवृद्धि गर्नुपर्ने आवश्यकता भएको जनाएका थिए । प्रत्यारोपण विज्ञ डा. पुकारचन्द्र चन्द्र श्रेष्ठले प्रत्यारोपित र अंगदाताहरुको मनोबल उच्च राखी देशको सात वटै प्रदेशमा प्रत्यारोपण सेवा विस्तार गर्नको लागि सरकारले ध्यान दिनुपर्ने बताए । अंग प्रत्यारोपित समुहका तर्फबाट श्री झमक बहादुर श्रेष्ठले मिर्गौला रोगको उपचारमा सरोकारवाला सवैले उचित ध्यान दिनुपर्ने जनाए ।
कार्यक्रमका अध्यक्ष एवं पुर्व सचिव डा. प्रबीन मिश्रले जनचेतना जगाउन प्रत्येक बर्ष आयोजना हुँदै आएको नेपाल प्रत्यारोपण खेलकुद यसपटक गैर नाफामुलक संस्था स्वास्थ्य अभियान नेपालले आयोजना गर्न पाएकोमा खुसि व्यक्त गरे । यस संस्थाले निकट भविष्यमा स्वास्थ्य सम्बन्धी विभिन्न कार्यक्रम ल्याउने तथा मृगौला रोगीहरुको समस्याबारे नीति निर्माता र सरोकारवालाको ध्यान आकर्षण गर्न विशेष अभियान चलाउने लक्ष्य लिएको प्रतिवद्धता व्व्यक्त गरे ।
अंग प्रत्यारोपण गरेकाहरु पनि अन्य व्यक्ति सरह स्वस्थ र सक्रिय हुन सक्छन् र समाजलाई योगदान दिन सक्छन् भन्ने सन्देश दिन प्रत्येक वर्ष प्रत्यारोपण खेलकुद प्रतियोगिता गरिंंदै आएको छ ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित