Health TV Online
Health TV Online
Health TV Online

मिर्गौला रोगको जोखिम कसलाई ?

मिर्गौला रोगको जोखिम कसलाई ?

मिर्गौला एक जटिल प्रकारको दीर्घ रोग हो । मिर्गौला फेल भइसकेपछि यसको विकल्प भनेको जिन्दगीभर डायलाइसिस गराउने वा प्रत्यारोपण गर्नुपर्ने हुन्छ । यी दुबै विधि झन्झटिलो र खर्चिलो छन्। यद्यपी सरकारले मिर्गौला बिरामीका लागि डायलाइसिस निशुल्क गरेको छ भने प्रत्यारोपणमा पनि भारी सहुलियत दिएको पाइन्छ । यति हुँदा पनि बिरामीलाई जिन्दगीभर आर्थिक बोझ रहिरहन्छ ।

मिर्गौला रोग लागेर उपचार गराउनु भन्दा यसलाई लाग्नै नदिन होशियारी गर्न जरुरी छ । मिर्गौला फेल भइसकेपछि त त्यसको उपचारको पाटो मात्र आउने भयो । त्यसैले कतिपय हाम्रै जीवनशैली र खानपानका कारण पनि मिर्गौला रोग निम्त्याउन सहयोग गरिरेको हुन्छ । त्यसैले हामीले लक्षण् देखिनुभन्दा पहिले नै सचेत भएर जाँच गर्न जरुरी हुन्छ ।
कसरी थााहा हुन्छ मिर्गौलामा समस्या भएको ?

पिसाब बारम्बार लाग्नु

खानामा रुचि नहुनु

पिसाबमा रगत देखिनु

जिउ सुन्निनु

जोर्नीहरु दुख्नु

वाकवाकी लाग्नु

खानामा रुचि नहुनु

यी त देखिने र अन्तिम अवस्थामा आउने लक्षणहरु हुन्। मिर्गौला ८० प्रतिशतसम्म बिग्रदासमेत लक्षण नदेखिन सक्छ । त्यसैले आफनो मिर्गौला ठिक छ की छैन् भन्ने थाहा पाउन वर्षमा एक पटक जाँच गर्नेपर्छ ।

को को जोखिममा हुन्छन् मिर्गौला रोगको :

उच्च रक्तचाप भएका
उच्च रक्तचाप मिर्गौला बिगार्ने प्रमुख कारण हो । जब कुनै व्यक्तिमा उच्च रक्तचापको समस्या हुन्छ । उसले के सोच्न पर्यो भने म अब मिर्गौला रोगको पनि जोखिममा छु । त्यसैले यस्ता समस्या भएका व्यक्तिले नियमित रुपमा आफनो मिर्गौला ठीक छ की छैन भन्ने जान्नका लागि परीक्ष्ण गर्न जरुरी हुन्छ ।

मधुमेह भएका

मधुमेह अर्थात चिनी रोग अर्को ठूलो शत्रु हो मिर्गौलाका लागि । मधुमेहको समस्या भएका बिरामीको सुगर लेबल नियन्त्रण भएन भने यसले सिधै मिर्गौला बिगार्न तर्फ लाग्छ । त्यसैले मधुमेहको समस्या भएका बिरामीले आफनो मिर्गौला जोगाउनका लागि सुगर नियन्त्रण मा राख्न अत्यावश्यक हुन्छ । त्यसो त मधुमेह भएका बिरामीको मुटु आँखा ,नसा लगायतका अंगमा पनि समस्या देखिने गर्छ । त्यसतर्फ बेलैमा सजग हुनुपर्छ ।

जथाभावी औषधिको प्रयोग गर्ने

कतिपय मानिसहरुले सामान्य त हो भनेर आफूखुशी फार्मेसीबाट ल्याएर औषधि खाने गर्छन । तर यसले मिर्गौलामा असर गरिरहेको हुन्छ । यसको हेक्का सबैले राख्नैपर्छ । आफूखुशी यस्ता पेनकिलर, एन्टिबायोटिक खाँदा यसले मिर्गौलालाई असर गर्न थाल्छ र बिस्तारै मिर्गौला फेल हुनतर्फ जान्छ । चिकित्सकको सल्लाहबिना कुनै पनि औषधि घातक हुनसक्छ ।

अस्वस्थकर खानेकुरा खाने

अहिले बजारमा अनेक थरीका रंगीचंगी खानेकुराहरु पाइन्छन्। जसमा धेरै मानिसहरु भुलेको पाइन्छ । यस्ता जंकफुड र भद्रगोल रुपमा खाइने खानेकुरा मिर्गौलाका लागि खराब हुन्छन्। त्यसो त यस्ता खानेकुुराले मिर्गौला मात्र हैन अन्य अंगरुलाई पनि क्षति पुराइरहेको हुन्छ जिब्रोको स्वादको लागि खाइने यस्ता खानेकुराले मिर्गौला बिगारीरहेको हुन्छ । के खाने ने कसरी खाने भन्ने बुझ्न जरुरी हुन्छ । पायो भन्दैमा सबै खानेकुरा खानु नराम्रो हो ।

शारीरिक व्यायामको कमी

हामीमध्ये कतिजनाले नियमित शारीरिक व्यायाम गर्छौ शरीरका लागि शारीरिक अभ्यास अत्यन्त जरुरी हुन्छ । प्रत्येक दिन केही समय छुट्याएर शारीरिक अभ्यास गर्ने, हिंड्ने वा योगा प्राणायम गर्न जरुरी छ । तर अनियन्त्रित रुपमा खानेकुरा खाने अनि शारीरि अभ्यास नगर्दा यसले मोटोपना निम्त्याउन जान्छ । सँगसँगै चिनीरोग र मिर्गौला रोग पनि । त्यसैले नियमित शारीरिक अभ्यास नगर्दा पनि मिर्गौला मा समस्या पारिरहेको हुन्छ ।

यी त भए मिर्गौला बिगार्ने मुख्य कारण । यसबाहेक वंशाणुगत कारण पनि मिर्गौलामा समस्या देखिनसक्छ । यसका साथै नियमित स्वास्थ्य परीक्षण नगर्दा पनि मिर्गौलामा भएको सानो समस्या पछि फेल हुनेसम्म पुग्छ।। त्यसैले मिर्गौला ठिक छ की छैन भनेर जान्नका लागि पनि यसको नियमित जाँच गर्न जरुरी हुन्छ । याद रहोस धेरैसजो मिर्गौलाको समस्यामा लक्षण नै नदेखिन सक्छ र लक्षण देखिने बेलासम्म यसले काम गर्न छोडिसकेको हुन्छ । त्यसैले मिर्गौलालाई स्वस्थ राख्नका लागि माथिका यी कुराहरुमा ध्यान दिन जरुरी छ ।

(वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा ऋषिकुमार काफ्लेसँग कुराकानीमा आधारित)

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार