आज विश्व मिर्गौला दिवस मनाइँदै
हेल्थ टिभी अनलाइन \काठमाडौं : आज विश्वभर नै मिर्गौला दिवस मनाइँदैछ । मिर्गौला रोगबारे जनचेतना बढाउन र यसबाट बच्न अपनाउनु पर्ने उपायबारे सर्वसाधारणलाई जानकारी दिने उद्देश्यले हरेक वर्ष मार्च महिनाको दोस्रो विहीबार विश्व मिर्गौला दिवस मनाउने गरिन्छ ।
नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम एवं निशुल्क शिविर र वाकथन लगायतका कार्यक्रमको आयोजना गरी यो दिवस मनाइँदैछ । नेपालमा बढ्दो शहरीकरण, अस्वस्थ खानपान तथा शारीरिक व्यायामको कमी लगायतका कारणले मिर्गौला रोगीको संख्या प्रत्येक वर्ष बढिरहेको चिकित्सकहरु बताउँछन्।
मिर्गौला एकपटक फेल भइसकेपछि बिरामीसँग दुईवटा मात्र विकल्प हुने गरेको छ । पहिलो डायलाइसिस र अर्को मिर्गौला प्रत्यारोपण । यी दुबै उपचार पद्धती झन्झटिलो र महंगो छन्। त्यसैले मिर्गौला बिग्रनु भन्दा अघि नै यसको नियमित जाँच गर्न, प्रशस्त पानी पिउन, जथाभावी पेनकिलर नखान मिर्गौला रोग विशेषज्ञ ऋषि कुमार काफ्लेको सुझाव छ ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित