Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकमा डा विधाननिधी पौडेल

निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकमा डा विधाननिधी पौडेल

हेल्थ टिभी अनलाइन \काठमाडौं : निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकमा प्राडा विधाननिधी पौडेल नियुक्त भएका छन्।

मंगलबार बसेको मन्त्रीपरिषदको बैठकले डा पौडेललाई निर्देशक पदमा नियुक्त गरेको हो । सो अस्पतालको कार्यकारी निदेशकका लागि नाम सिफारिस गर्न बनेको समितिले ३ जनाको नाम सिफारिस गरेको थियो ।

त्यसमा डा पौडेल, डा दिनेशकुमार लम्साल र डा प्रकाशराज न्यौपानेको नाम सिफारिस गरिएको थियो । यसअघि डा दीर्घराज आरसी उक्त अस्पतालका निर्देशक थिए ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार