Health TV Online
Health TV Online
Health TV Online

अबदेखि औषधि पसलमा बस्नेले नाम अंकित सेतो एप्रोन अनिवार्य लगाउनुपर्ने

अबदेखि औषधि पसलमा बस्नेले नाम अंकित सेतो एप्रोन अनिवार्य लगाउनुपर्ने

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपाल फार्मेसी परिषद्ले फर्मासिष्ट र फार्मेसी सहायकलाई औषधि बिक्री वितरण गर्दा नाम अंकित सेतो एप्रोन अनिवार्य लगाउन निर्देशन दिएको छ ।

परिषद्ले मंगलबार एक सार्वजनिक सूचना जारी गर्दै सामुदायिक फार्मेसी वा अस्पताल फार्मेसीमा कार्यरत फर्मासिष्ट र फार्मेसी सहायकले औषधि बिक्री गर्ने क्रममा सेतो एप्रोन अनिवार्य रुपमा लगाउन निर्देशन दिएको हो ।

परिषदले जारी गरेको सूचनामा फर्मासिष्टले सेतो एप्रोनमा हरियो पृष्ठभूमि भएको सेतो रंगको अक्षरमा नाम, पद र परिषद् दर्ता नम्बर अंकित गरेर लगाउनुपर्ने जनाइएको छ ।

यसैगरी फार्मेसी सहायकले सेतो एप्रोनमा निलो पृष्ठभूमि भएको सेतो रंगको अक्षरमा नाम, पद र परिषद् दर्ता नम्बर अंकित एप्रोन प्रयोग गर्नुपर्ने जनाइएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार