देशभर ५९ कोरोना संक्रमित थपिए, ६० जना डिस्चार्ज
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा ५९ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गत २४ घण्टामा ५९ जना संक्रमित थपिएका हुन्।पछिल्लो २४ घण्टामा २ हजार ७१५ जनाको पीसीआर परीक्षण गरिएको थियो ।
योसँगै देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ८६९ पुगेको छ । यीमध्ये २ लाख ७० हजार ९८७ जना संक्रमित निको भएका छन्। यसैगरी आज एक जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । आज मृत्यु भएकासहित गरी देशभर कोरोना संक्रमण भएर मृत्यु हुनेको संख्या ३ हजार १२ पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमित ८७० जना रहेका छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण