स्वास्थ्य मन्त्रालयले भन्यो, उमेर खुल्ने परिचय पत्र नभएका कारण जेष्ठ नागरिकलाई खोपबाट वञ्चित नगराउनु
वडाको सिफारिस भए पुग्ने
हेल्थ टिभी अनलाइन \काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उमेर खुल्ने परिचयपत्र नभएकै कारण कोही पनि जेष्ठ नागरिकलाई कोरोना विरुद्धको खोपबाट वञ्चित नगराउन आग्रह गरेको छ ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले केही व्यक्तिहरुको कार्ड नभएका कारण खोप लगाउन नपाएको भन्ने गुनासो मन्त्रालयमा आएको भन्दै सम्बन्धित सबैलाई परिचय पत्र नभएकै आधारमा खोप लिनबाट वञ्चित नगराई सम्बन्धित वडा कार्यालयको सिफारिसको आधारमा पनि खोप लगाइदिन आग्रह गरेका हुन्। उनले जेष्ठ नागरिहरु कुनै पनि बहानामा खोप लिनबाट वञ्चित हुन हुँदैन भन्ने मान्यताका साथ मन्त्रालय अघि बढेको र सोही बमोजिम कार्य गर्न पनि सबैलाई आग्रह समेत गरे ।
सरकारले हिजोदेखि ६५ वर्ष माथिका जेष्ठ नागरिकलाई खोप लगाउन शुरु गरेको हो । पहिलो दिन १ लाख ६५ हजार भन्दा बढीले खोप लिएका छन्। यो अभियान १० दिन चल्नेछ । त्यसपछि भने ५५ वर्ष माथिकालाई खोप दिइनेछ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण