काठमाडौंको सुकेधारामा फ्रेण्डशिप कम्यूनिटी अस्पताल सञ्चालनमा
हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौंको सुकेधारामा रहेको फ्रेण्डशिप कम्यूनिटी अस्पताल आजबाट सञ्चालनमा आएको छ ।
पूर्व स्वास्थ्यमन्त्री गगन कुमार थापाले उक्त अस्पतालको आज एक कार्यक्रमकाबीच उद्घाटन गरेका हुन्। अस्पताल आजैबाट सञ्चालनमा आएको हो ।
पूर्वमन्त्री थापाले अस्पतालको उद्घाटन गर्दै यो अस्पताल अन्य अस्पताल भन्दा भिन्न रहने र गरिब तथा असहाय बिरामीलाई प्राथमिकतामा राखी उपचार गर्नेमा आफू विश्वस्त रहेको बताए ।
‘सर्वसुलभ उपचार हाम्रो पहिचान, स्वस्थ नागरिक हाम्रो अभियान’ भन्ने नाराका साथ अस्पतालको स्थापना भएको र उपचारात्मक, प्रतिरोधात्मक एव प्रवर्धनात्मक उपचार सेवा दिने लक्ष्य रहेको अस्पताल सञ्चालकको भनाई रहेको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण