कोभ्याक्स अन्तर्गतको ३ लाख ४८ हजार डोज खोप आइपुग्यो

हेल्थ टिभी अनलाइन \काठमाडौं : कोभ्याक्स अन्तर्गतको ३ लाख ४८ हजार डोज कोरोना खोप नेपाल आइपुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री ह्दयेश त्रिपाठीलाई उक्त खोप आज त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा हस्तान्तरण गरिएको हो । आज कोभ्याक्स अन्तर्गत आएको खोप पनि अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेकाले विकास गरेको र भारतको सिरम इन्सटिच्युटले उत्पादन गरेको कोभिसिल्ड नै हो । जुन नेपालमा माघ १४ देखि लगाउन शुरु गरिएको छ ।
कोभ्याक्स अन्तर्गत २० प्रतिशत जनसंख्यालाई पुग्ने गरी ६० लाख खोप आउने भएको भए पनि अहिले पहिलो चरणमा ३ लाख ४८ हजार मात्र आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights
नि:शुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न
किम्स अस्पतालले नेपाली स्वास्थ्य संस्थासँग सीप विकास र क्षमता अभिवृद्धिका लागि सहकार्य गर्ने
सम्पादक आचार्यसहित ४ जना पत्रकारलाई ‘ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’
सुर्तीजन्य पदार्थ : वर्षेनी ३९ हजार नेपालीको लिन्छ ज्यान