आजदेखि ६५ वर्ष माथिका नागरिकलाई कोरोना विरुद्धको खोप लगाइँदै
दैनिक २ देखि ३ लाख जेष्ठ नागरिलाई खोप लगाउने लक्ष्य
हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले आजदेखि दोस्रो चरणको कोरोना विरुद्धको खोप अभियान शुरु गर्दैछ । जसअन्तर्गत ६५ वर्ष माथिका नागरिकलाई खोप लगाइने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालका अनुसार आजदेखि शुरु हुने खोप अभियानमा पहिलो १० दिन ६५ वर्ष माथिका नागरिकलाई र दोस्रो १० दिन ५५ वर्ष माथिका नागरिकलाई कोरोना विरुद्धको खोप लगाइने कार्यक्रम तय भएको छ । उनका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिवि शिक्षण अस्पतालमा कोरोना विरुद्धको खोप लगाएर यो अभियान शुरु गर्नेछन्।
खोपको उपलब्धताका आधारमा जोखिम समूह छुट्याएर खोप दिने कार्यक्रम तय गरिएकोे सचिव अर्यालले जनाएका छन्। पहिले ५५ वर्ष माथिका सबैलाई खोप लगाउने भनिए पनि खोपको उपलब्धता हेरेर पहिलो चरणमा ६५ वर्ष माथिकालाई खोप दिने र खोप आउने क्रम जारी भएकाले अर्को चरणमा मात्र ५५ वर्ष माथिकालाई खोप दिने तालिका बनाइएको उनले जानकारी दिए । देशभरका ६ हजार खोप केन्द्रबाट जेष्ठ नागरिकलाई खोप लगाइनेछ ।
सरकारले भारतसँग खरिद गरेको २० लाख डोज कोरोना खोपमध्ये १० लाख डोज आइसकेको छ भने १० लाख डोज अझै आइपुगेको छैन्। यसैगरी कोभ्याक्स अन्तर्गत ६० लाख जनसंख्यालई पुग्ने गरी आउने नि:शुल्क खोपमध्ये आज ३ लाख ४८ हजार डोज आउँदैछ । विश्वमै खोपको माग भएकाले यसको उपलब्धता सहज नभएको समेत उनले जिकीर गरे। सरकारले माघ १४ गतेदेखि कोरोना विरुद्धको खोप लगाउन शुरु गरिएको हो ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित