Health TV Online
Health TV Online
Health TV Online

२४ घण्टामा ३५३५ पीसीआर गर्दा ४७ जनामा कोरोना पुष्टि

२४ घण्टामा ३५३५ पीसीआर गर्दा ४७ जनामा कोरोना पुष्टि

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा आज ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ५३५ जनाको पीसीआर परीक्षण गर्दा ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ६५५ पुगेको छ । यसैगरी आजसम्म २ लाख ७० हजार ८२८ जना संक्रमित निको भइसकेका छन्। पछिल्लो २४ घण्टामा ६२ जना संक्रमणमुक्त भएका छन् भने मृत्यु शुन्य रहेको छ ।

देशभर हाल सक्रिय कोरोना संक्रमितको संख्या ८१७ मात्र रहेको छ ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार