कोरोना विरुद्धको दोस्रो चरणको खोप अभियान : प्रधानमन्त्री ओलीले खोप लगाएर सुरु हुने
प्रधानमन्त्री ओलीले भोली १० बजे खोप लगाउने
हेल्थ टिभी अनलाइन \काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि कोरोना विरुद्धको खोप लगाउने भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्री ह्दयेश त्रिपाठीले कोरोना विरुद्धको दोस्रो चरणको खोप अभियान भोलि आइतबारदेखि शुरु हुने र यसको शुरुवात प्रधानमन्त्री केपी शर्मा ओलीले आफै खोप लगाएर शुरु गर्ने जनाए । उनले प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पतालमा पुगेर बिहान १० बजे खोप लगाउने कार्यक्रम रहेको समेत जानकारी दिएका छन्।
आज स्वास्थ्य पत्रकारहरुसँगको अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन्। सरकारले भोलिदेखि ५५ वर्ष माथिका उमेर समूहका नागरिकलाई खोप दिन शुरु गर्दैछ ।
यो चरणको पहिलो १० दिन ६५ वर्ष माथिका नागरिकलाई र अर्को १० दिन ५५देखि ६४ वर्षसम्मका नागरिकलाई खोप दिने लक्ष्य रहेको बताइएको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण