मन्त्री, सांसदहरुले खोप लगाउने आज अन्तिम दिन, आइतबारदेखि ६५ वर्ष माथिकालाई खोप लगाइँदै
हेल्थ टिभी अनलाइन\ काठमाडौं : मन्त्री, सांसद तथा संसदका कर्मचारीलाई कोरोना विरुद्धको खोप लगाउने आज अन्तिम दिन हो ।
बुधबारदेखि शुरु भएको खोप अभियान आज सकिने लागेको हो । सरकारले माघ १४ गतेदेखि प्राथमिकताका आधारमा समूह चयन गरेर विभिन्न चरणको खोप अभियान सञ्चालन गरिरहेको छ । यही क्रममा मन्त्री तथा सांसदहरुका लागि सिभिल अस्पतालमा खोप केन्द्र बनाई तीन दिन समय छुट्टाइएको थियो । सो क्रममा सभामुखदेखि पूर्व प्रधानमन्त्री, मन्त्री, सांसदहरुले खोप लगाएका छन्।
अब अर्को चरणमा यही फागुन २३ गतेखि सरकारले समूदाय स्तरमा ६५ वर्ष माथिका नागरिकलाई खोप दिने गरी खोप केन्द्रहरुको व्यवस्थापन गरेको छ । पहिलो १० दिन ६५ वर्ष माथिका र अर्को १० दिन ५५ वर्षदेखि ६४ वर्षका नागरिकलाई खोप लगाउने सरकारको लक्ष्य रहेको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण