घट्दै संक्रमण : २४ घण्टामा ५५३६ पीसीआर गर्दा १०७ जनामा कोरोना
हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा आज १०७ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ५३६ जनाको पीसीआर परीक्षण गर्दा थप १०७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ४८८ पुगेको छ ।
यसैगरी आज ७८ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या ३ हजार १० पुगेको छ । आज भने कसैको पनि कोरोनाका कारण मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।
हाल देशभर जम्मा ७९५ जना सक्रिय कोरोना संक्रमित रहेका छन्।
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण
बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा थप ७ दिन जारी
‘इन्डोडन्टिक्स’ सम्बन्धी पहिलो ‘पीजी कन्भेन्सन’ सम्पन्न
सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार