घट्दै संक्रमण : २४ घण्टामा ५५३६ पीसीआर गर्दा १०७ जनामा कोरोना
हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा आज १०७ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ५३६ जनाको पीसीआर परीक्षण गर्दा थप १०७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ४८८ पुगेको छ ।
यसैगरी आज ७८ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या ३ हजार १० पुगेको छ । आज भने कसैको पनि कोरोनाका कारण मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।
हाल देशभर जम्मा ७९५ जना सक्रिय कोरोना संक्रमित रहेका छन्।
खराब कोलेस्टेरोल घटाउन के खाने ?
मुटुरोगबाट बच्न विचार व्यवस्थापन
क्षयरोग अन्त्य गर्ने विषयमा छलफल गर्न ३० देशका विज्ञहरु गोवामा भेला
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा वासुदेव उपाध्याय नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त