Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

आज ७१ औं चिकित्सक दिवस मनाइँदै

आज ७१ औं चिकित्सक दिवस मनाइँदै

हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा आज ७१ औं चिकित्सक दिवस मनाइँदैछ ।

वि सं २००७ साल फागुण २० गते चिकित्सकहरुको हकहितका लागि व्यावसायिक संस्था नेपाल चिकित्सक संघको स्थापना गरिएको थियो । त्यही दिनलाई नेपाली चिकित्सकहरुले प्रत्येक वर्ष चिकित्सक दिवसका रुपमा मनाउन थालेका हुन्।

यही सन्दर्भमा संघले विभिन्न सरोकारवाला निकायसँग छलफल तथा अन्तरक्रिया कार्यक्रमहरुको आयोजना गरेको छ । यसका साथै संघको कार्यालयमा रक्तदान कार्यक्रमको समेत आयोजना गरिएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार