यूएनएफपिएद्धारा सरकारलाई पीपीई तथा प्रजनन स्वास्थ्य किट्स हस्तान्तरण
हेल्थ टिभी अनलाइन \काठमाडौं : संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष यूएनएफपिएद्धारा सरकारलाई पीपीई सेट, मास्क तथा प्रजनन स्वास्थ्य किट लगायतका स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।
बुधबार स्वास्थ्य मन्त्रालय मार्फत लगभग ३ करोड रुपैयाँको उक्त सामग्री हस्तान्तरण गरिएको हो । यसरी सहयोग गरिएको सामग्रीमा ६ हजार ४८ सेट पीपीई, ५० हजार ग्लोब्स, ५० हजार सर्जिकल मास्क र २७ सेट अन्तरनिकाय प्रजनन स्वास्थ्य सामग्री रहेका छन्।
यस सहयोगले यौन तथा प्रजनन स्वास्थ्य र लैङ्गिक हिंसासम्बन्धी सेवा सुनिश्चित गर्दै कोभिड–१९ महामारी नियन्त्रण गर्न केही मात्रामा भए पनि सरकारको प्रयासलाई सहयोग पुराउनेछ भन्ने यूएनएफपिएले विश्वास लिएको जनाएको छ । प्रजनन स्वास्थ्य किट्समा अत्यावश्यक औषधि, औजार तथा अन्य सामग्री छन् जसले सुरक्षित सुत्केरी गराउन, जटिल प्रकृतिका प्रसूति तथा यौन हिंसा व्यवस्थापन गर्न स्वास्थ्यकर्मीलाई मद्दत गर्नेछ ।
मन्त्रालयमा आज आयोजित एक कार्यक्रममा यूएनएफपिएद्धारा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेललाई सामग्री हस्तान्तरण गरिएको थियो । कार्यक्रममा मन्त्रालयका वरिष्ठ अधिकारीहरु र यूएनएफपिए प्रतिनिधीहरुको उपस्थिती रहेको थियो । उक्त सामग्री प्राप्त गरिसकेपछि मन्त्रालयका प्रमुख विशेषज्ञ डा. पोखरेलले कोभिड- १९ महामारीमा महिला र किशोरीका लागि अत्यावश्यक प्रजनन स्वास्थ्य सेवा सुनिश्चित गर्न आफूहरु प्रतिबद्ध रहेको भन्दै यो संकटका बेला विकास साझेदार निकायको सहयोग प्रशंसनीय रहेको जनाए ।
नेपालका लागि यूएनएफपिए प्रतिनिधि लुब्ना बाकिले कोरोना महामारी नियन्त्रण गर्न सरकारले गरेको काम प्रशंसनीय भएको बताइन्।
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै