नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार नाघ्यो
पछिल्लो २४ घण्टामा ८७ जना संक्रमित थपिए
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा कोरोना संक्रमण भएर मृत्यु हुनेको संख्या ३ हजार नाघेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अद्यावधिक गर्ने क्रममा आज मात्रै २३३ जनाको नाम थपिएसँगै नेपालमा कोरोना संक्रमण भएर मृत्यु हुनेको संख्या ३ हजार १० पुगेको हो । पछिल्लो २४ घण्टामा १ जनाको मात्र मृत्यु भएको हो भने बाँकी २३३ जनाको भने विभिन्न अस्पतालबाट प्राप्त तथ्यांक अद्यावधिक गर्ने क्रममा थपिएका हुन्।
आज देशभर ३ हजार ३९९ जनाको पीसीआर परीक्षण गर्दा जम्मा ८७ जनामा कोरोना पोजेटिभ देखिएको छ । यसैगरी गत २४ घण्टामा ६२ जना संक्रमित संक्रमणमुक्त भएका छन्।
हाल देशभर ७६६ जना मात्र सक्रिय संक्रमित रहेका छन्।
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने