फागुन २३ देखि शुरु हुने खोप अभियान २० दिन चल्ने, पहिलो १० दिन ६५ वर्ष माथिका नागरिकलाई
हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले यही फागुन २३ गतेदेखि दोस्रो प्राथमिकतामा परेका ५५ वर्षमाथिका नागरिकलाई कोरोना विरुद्धको खोप अभियान सञ्चालन गर्दैछ । तर खोप अभियान दुई चरणमा गरी २० दिन सञ्चालन हुने र पहिलो चरणमा ६५ वर्ष माथि उमेर समूहका नागरिकलाई खोप लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पहिलो १० दिन ६५ वर्ष माथिकालाई लगाएपछि मात्र अर्को १० दिन ५५ वर्षदेखि ६४ वर्ष उमेर समूहलाई खोप दिइने मन्त्रालयले जनाएको हो ।
सरकारले माघ १४ गतेदेखि नेपालमा कोरोना विरुद्धको खोप अभियान शुरु गरेको हो । आज कोरोना विरुद्धको खोप लगाउँदै स्वास्थ्यमन्त्री ह्दयेश त्रिपाठीले सेप्टेम्बर महिनासम्म जोखिम समूहमा रहेका सबै नागरकले खोप पाउने जनाएका छन्।
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स