स्वास्थ्यमन्त्री त्रिपाठीले लगाए कोरोना विरुद्धको खोप, सबैलाई खोप लगाउन आग्रह
हेल्थ टिभी अनलाइन \काठमाडौं : स्वास्थ्य तथा जनसंख्यामन्त्री ह्दयेश त्रिपाठीले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन्।
मन्त्री त्रिपाठीले आज मीनभवनको निजामती कर्मचारी अस्पताल पुगेर कोरोना खोप लगाएका हुन्। आजबाट मन्त्री, सांसद र संसदका कर्मचारीलाई खोप लगाउन शुरु गरिएको हो । सोही कार्यक्रम अन्तर्गत मन्त्री त्रिपाठीले खोप लगाएका हुन्। खोप लगाइसकेपछि हेल्थ टिभी अनलाइसँग छोटो कुराकानी गर्दै उनले कोरोना विरुद्धको खोप लगाइसकेपछि आफू मनोवैज्ञानिक रुपमा बलियो र सुरक्षित भएको जस्तो अनुभव गरेको बताए ।
उनले कोरोना खोप सुरक्षित रहेकाले सबैलाई यो लगाउन समेत आग्रह गरेका छन्।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित