Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

आजदेखि सांसदहरुलाई कोरोना विरुद्धको खोप लगाइँदै

आजदेखि सांसदहरुलाई कोरोना विरुद्धको खोप लगाइँदै

हेल्थ टिभी अनलाइन \काठमाडौं : आजदेखि सासंदहरुलाई कोरोना विरुद्धको खोप दिन शुरु गरिने भएको छ ।

काठमाडौंको मीनभवनमा रहेको निजामती अस्पतालमा उनीहरुलाई खोप लगाउने व्यवस्था गरिएको छ । आज बिहान १० बजेदेखि ४ बजेसम्म खोप कार्यक्रम जारी रहने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जनाएका छन्। संसद सचिवालयका सम्पूर्ण कर्मचारीलाई पनि खोप दिइनेछ ।यो अभियान तीन दिन चल्नेछ ।

नेपालमा माघ १४ देखि कोरोना विरुद्धको खोप लगाउन शुरु गरिएको हो । सरकारले यही फागुन २३ गतेदेखि समूदायस्तरमा ५५ वर्ष माथिका सबै नागरिकलाई खोप अभियान शुरु गर्दैछ । त्यसका लागि सम्पूर्ण तयारी पूरा भएको समेत जनाइएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आज विश्व रेडक्रस दिवस मनाइँदै

आज विश्व रेडक्रस दिवस मनाइँदै