प्रधानमन्त्री ओलीद्धारा पूर्वाञ्चल क्यान्सर अस्पताल उद्घाटन
हेल्थ टिभी अनलाइन \काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले झापा बिर्तामोडमा रहेको पूर्वाञ्चल क्यान्सर अस्पतालको आज उद्घाटन गरेका छन्।
उनले अस्पताल परिसरमा रहेको शिलालेख अनावरण गरी अस्पताल उद्घाटन गरेका हुन्। यसका साथै उनले अस्पतालका विभिन्न विभागहरु अवलोकन गरेका थिए । बिर्तामोडका व्यवसायी दुर्गा प्रसाईको लगानीमा अस्पताल निर्माण भएको हो जसमा तीन सय शैय्या रहेका छन् । बीएण्डसी अस्पताल र पूर्वाञ्चल क्यान्सर अस्पतालसँगै रहेको छ ।
त्यसो त क्यान्सर अस्पतालले एक वर्षदेखि सेवा दिन शुरु गरिसकेको छ । आज प्रधानमन्त्री ओलीले विधिवत रुपमा उद्घाटन गरेका हुन्। एक वर्षको अवधिमा करीब दुई हजार सात सय बिरामीले अस्पतालबाट सेवा लिइसकेको बताइएको छ ।
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै