कोरोना महामारीमा उत्कृष्ट काम गरेको भन्दै खजुरा गाउँपालिकालाई हेल्थ अवार्ड
हेल्थ टिभी अनलाइन \काठमाडौं : कोरोना महामारीका बेला उत्कृष्ट व्यवस्थापन गर्न सकेको भन्दै लुम्बिनी प्रदेशको बाँकेमा रहेको खजुरा गाउँपालिकालाई उत्कृष्ट स्वास्थ्य दर्पण अवार्डले सम्मान गरिएको छ ।
स्वास्थ्य दर्पण मीडिया नेटवर्क प्रा लिको कार्यक्रम स्वास्थ्य दर्पणको नवौं वार्षिकोत्सवमा स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड २०७७ ले खजुरा गाउँपालिकालाई संस्थागततर्फ उत्कृट हेल्थ अवार्ड प्रदान गरिएको हो । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा पूर्वउपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपती र स्वास्थ्य शाखा प्रमुख सुदिप पौडेललाई अवार्ड प्रदान गरे ।
कोरोना महामारीमा संक्रमितको उपचार, क्वारेन्टाइनको व्यवस्था, शब व्यवस्थापन लगायतका काममा उक्त गाउँपालिकाले उल्लेखनीय काम गरेको थियो । यही क्रममा भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा प्रकाश थापालाई पनि सम्मान गरिएको थियो ।
हरेक वर्ष स्वास्थ्य क्षेत्रमा उत्कृष्ट काम गर्दै आएका स्वास्थ्यकर्मी, पत्रकार एवं संस्थालाई अवार्ड प्रदान गर्दै आएको प्रालिले यसपटक पनि चिकित्सक, पत्रकार एव उत्कृष्ट काम गर्ने स्वास्थ्य संस्थालाई सम्मान गरेको स्वास्थ्य दर्पण प्रालिका अध्यक्ष सन्दीप श्रेष्ठले बताएका छन्।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित