२४ घण्टामा देशभर ११२ संक्रमित थपिए
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा आज थप ११२ कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ११२ जना थपिएका हुन् । योसँगै देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ९८४ पुगेको छ ।
यसैगरी हालसम्म कोरोना संक्रमण भएर मृत्यु हुनेको संख्या २ हजार ७७१ पुगेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले गत २४ घण्टामा २ जनाको मृत्यु भएको जनाएको छ भने २ जनाको पुन अद्यावधिक गर्दा थप गरेर आज ४ जना कोरोनाबाट मृत्यु भएको भन्दै थपिएको छ । कोरोना पुष्टि भएका मध्ये ९७ दशमलब ७ प्रतिशत अर्थात २ लाख ७० हजार २७७ जना निको भइसकेका छन्।
हाल देशभर जम्मा ९३६ जना सक्रिय संक्रमित रहेका छन्।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित