नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २७६७ पुग्यो, सक्रिय संक्रमित ८८२
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ७६७ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाबाट मृत्यु हुनेको संख्या सच्याउने क्रममा आज थप ८३ जनाको नाम थपिएसँगै मृत्यु हुनेको संख्या बढेर २ हजार ७६७ पुगेको हो ।
यसैगरी गत २४ घण्टामा देशभर ११२ जना कोरोनाका संक्रमित थपिएका छन् भने एक जनाको मृत्यु भएको छ । आज थपिएकासँगै कुल कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ८७२ पुगेको छ । पछिल्लो समय सक्रिय संक्रमितको संख्या घट्दै गएर ८८२ मा झरेको मन्त्रालयले जनाएको छ ।
यसैगरी हाल ६३ जना कोरोनाको आशंकामा क्वारेन्टाइनमा रहेका छन्।
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने