स्पार्क हेल्थ होम अस्पतालले मनायो २९ औं वार्षिकोत्सव
झुमा बलामीलाई उत्कृष्ट कर्मचारी सम्मान
हेल्थ टिभी अनलाइन\ काठमाडौं : काठमाडौंको कालिमाटीस्थित स्पार्क हेल्थ होम अस्पतालले २९ औं वार्षिकोत्सव मनाएको छ । मंगलबार अस्पतालले एक कार्यक्रम गरी वार्षिकोत्सव मनाएको हो ।
कार्यक्रममा अस्पतालका प्रबन्ध निर्देशक हरिशरण रिजालले अस्पातलले कोरोना महामारीमा सबै डराएर घर बसेकाे बेलामा पनि सेवा बन्द नगरी सेवा लिन आएका बिरामीलाई सेवा दिन सकेको बताए ।
यसैगरी अस्पतालका मेडिकल डाइरेक्टर डा सुनिल पौडेलले पछिल्लो समय प्राकृतिक चिकित्साको महत्व अझै बढेको भन्दै सेवा लिन आउनेको पनि संख्यामा उल्लेख्य वृद्धि भएको जनाए । उनले मानिसहरुको जीवनशैली र खानपानमा आएको परिवर्तनका कारण दीर्घ रोग बढेको र यसले निम्त्याउने जटिलतालाई प्राकृतिक चिकित्सा तथा फिजियोथेरापी महत्वपूर्ण हुने समेत जिकीर गरे । उनले कतिपय बिरामीहरु एलोपेथिक चिकित्सकले निको हुँदैन भनेर पठाएकोमा आफुहरुले प्राकतिक चिकित्सा , फिजियोथेरपी, योग लगायतको पद्धतीबाट निको बनाएको जिकीर गरे ।
कार्यक्रममा अस्पतालका निर्देशक रुपेश अधिकारीले स्पार्क अस्पताललाई यहाँ सम्म ल्याउन र यसको शाखा र सेवा विस्तार गर्न बिरामीको विश्वास र कर्मचारीको मिहिनेत परेको बताएका थिए । उनले प्राकृतिक चिकित्साको बारेमा जनमानसमा सही सूचना पुराएर जनचेतना फैलाउन सञ्चारकर्मीहरुको पनि ठूलो योगदान रहेको जिकीर गरे ।
वार्षिकोत्सवको अवसर पारेर अस्पातलले स्वास्थ्य पत्रकार मञ्च नेपालको नयाँ निर्वाचित कार्यसमितीलाई बधाई तथा शुभकामना दिंदै सम्मान गरेको थियो । यसैगरी हरेक वर्ष प्रदान गर्दै आएको ‘इम्प्लोइ अफ द इअर’ को अवार्ड अस्पतालकी रिसेप्सनिस्ट झुमा बलामीलाई प्रदान गरिएको थियो । अस्पतालले ११ हजार राशीको उक्त पुरस्कार हरेक वर्ष एक जना उत्कृष्ट कर्मचारीलाई दिंदै आएको छ ।
स्पार्क अस्पताल प्राकृतिक चिकित्सा तथा फिजियोथेरपी क्षेत्रको अग्रणी अस्पतालका रुपमा परिचित छ ।
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स