नेपालमा ९८.७ प्रतिशत कोरोना संक्रमित निको भए
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा झण्डै ९९ प्रतिशत कोरोना संक्रमित निको भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभर २ लाख ७३ हजार ४३१ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । यी मध्ये ९८ दशमलब ७० प्रतिशत संक्रमित निको भएर डिस्चार्ज भएका छन्। यो संख्यामा कुरा गर्दा हालसम्म २ लाख ६९ हजार ८७६ जना संक्रमणमुक्त भएका हुन्। अहिले देशभर जम्मा १४ सय ९४ जना मात्र सक्रिय संक्रमित रहेका छन्।
अन्य देशको तुलनमा नेपालमा कोरोना संक्रमणबाट हुने मृत्युदर कम देखिन्छ । विश्वको तथ्यांक हेर्ने हो भने कुल संक्रमितमध्ये झण्डै ३ प्रतिशतको मृत्यु भएको पाइन्छ । हरेक देशका आ आफनै मृत्युदर रहेको भए पनि नेपाल कोरोनाबाट कम मृत्यु हुने देशमा पर्छ ।
नेपालमा हालसम्म जम्मा २ हजार ६१ जनाकाे काेराेनाबाट मृत्यु भएकाे छ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित