Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

नेपालमा ९८.७ प्रतिशत कोरोना संक्रमित निको भए

नेपालमा ९८.७ प्रतिशत कोरोना संक्रमित निको भए

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा झण्डै ९९ प्रतिशत कोरोना संक्रमित निको भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभर २ लाख ७३ हजार ४३१ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । यी मध्ये ९८ दशमलब ७० प्रतिशत संक्रमित निको भएर डिस्चार्ज भएका छन्। यो संख्यामा कुरा गर्दा हालसम्म २ लाख ६९ हजार ८७६ जना संक्रमणमुक्त भएका हुन्। अहिले देशभर जम्मा १४ सय ९४ जना मात्र सक्रिय संक्रमित रहेका छन्।

अन्य देशको तुलनमा नेपालमा कोरोना संक्रमणबाट हुने मृत्युदर कम देखिन्छ । विश्वको तथ्यांक हेर्ने हो भने कुल संक्रमितमध्ये झण्डै ३ प्रतिशतको मृत्यु भएको पाइन्छ । हरेक देशका आ आफनै मृत्युदर रहेको भए पनि नेपाल कोरोनाबाट कम मृत्यु हुने देशमा पर्छ ।

नेपालमा हालसम्म जम्मा २ हजार ६१ जनाकाे काेराेनाबाट मृत्यु भएकाे छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार