६ वर्षपछि बढ्यो डाक्टरको ओपिडी शुल्क, हेर्नुस् कसले कति लिन पाउँछन् ?
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा ६ वर्षपछि चिकित्सकले लिने अस्पतालको ओपिडी शुल्कमा वृद्धि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको यसअघि नै भएको सहमति अनुसार नेपाल चिकित्सक संघ र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन) को फागुण ४ गते बसेको बैठकले चिकित्सहरुको ओपीडी शुल्क बढाउने निर्णय गरेको हो।
उक्त बैठकले फागुण ५ देखि लागु हुने गरी ओपिडी शुल्कमा चिकित्सकको अनुभव र योग्यताका आधारमा कम्तीमा ३७० देखि बढीमा ८२५ रुपैयाँसम्म शुल्क लिन पाउने गरी निर्णय गरेको छ । सरकारले वि सं २०७१ साल असोज १ गतेदेखि लागू हुने गरी चिकित्सकको ओपीडी शुल्क निर्धारण गरेको र सो शुल्क प्रत्येक २ वर्षमा पूनरावलोकन हुने गरी समिटी बनाएको भए पनि कुनै काम अघि नबढेको र शुल्क नबढाइएको भन्दै आफूहरुले यस्तो निर्णय गरेको उनीहरुले जनाएका छन्।
उनीहरुले मन्त्रालयसँग भएको सहमति अनुसार नै शुल्क बढाएको समेत जिकीर गरे ।यसरी निर्धारण गरिएको ओपीडीको नयाँ शुल्क अनुसार ५ वर्ष भन्दा कम अनुभव भएका एमबीबीएस र बीडीएस गरेका चिकित्सकले ३७० रुपैयाँ ओपीडी शुल्क र ५ वर्ष भन्दा बढी अनुभव भएकाले ४५० सम्म लिन पाउने छन्।
यसैगरी डिप्लोमा गरेका चिकित्सकले ५ वर्ष भन्दा कम अनुभव भए ५१५ रुपैयाँ र सो भन्दा बढी अनुभव भएमा ५९० सम्म लिन पाउनेछन्। उता एमडी एमएस र एमडीएस गरेका चिकित्सककको हकमा ५ वर्षै अनुभवका आधारमा ६ सय र ७ सय लिन पाउने भएका छन्। डीएम एमसीएच गरेका चिकित्सकले ७ सय रुपैयाँ लिन सक्नेछन्। उता डीएम एमसीएच गरेर ५ वर्ष अनुभव भएकाले ८२५ रुपैयाँ लिन सक्ने छन् भने एमडी, एमएस र एमडीएस गरेर १० वर्ष अनुभव भएका चिकित्सकले पनि ८२५ रुपैयाँ ओपीडी शुल्क लिन सक्नेछन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण