Health TV Online
Health TV Online
Health TV Online

थप १०५ जनामा कोरोना संक्रमण, ९९ जना संक्रमणमुक्त

थप १०५ जनामा कोरोना संक्रमण, ९९ जना संक्रमणमुक्त

हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा आज थप १०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १०५ जनामा कोरोना पोजेटिभ देखिएको हो । योसँगै देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ९४५ पुगेको छ । यसैगरी हालसम्म २ लाख ६९ हजार ३०३ जना संक्रमित संक्रमणमुक्त भइसकेका छन्।

आज मात्रै ९९ जना संक्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट हुने मृत्यु भने शुन्य रहेको छ । मन्त्रालयका अनुसार हाल देशभर १५ सय ८७ जना सक्रिय कोरोना संक्रमित रहेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार