देशभर ६२ जना कोरोना संक्रमितको आईसीयूमा र १४ जनाको भेन्टिलेटरमा उपचार हुँदै
हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा हाल ६२ जना कोरोना संक्रमितको आईसीयूमा र १४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभर ६२ जना संक्रमित आईसीयूमा र १४ जना भेन्टिलेटरमा रहेका छन्।
पछिल्लो समय कोरोना संक्रमितको संख्या घट्दै गएपछि सिकिस्त कोरोना संक्रमितको संख्यामा पनि कमी आएको छ ।मन्त्रालयका अनुसार प्रदेश १ र २ मा कुनै पनि संक्रमित आईसीयू र भेन्टिलेटरमा छैनन्।
यसैगरी बागमती प्रदेशमा ३६ जना आईसीयूमा र ११ जना भेन्टिलेटरमा रहेका छन्। गण्डकीमा ४ जना आईसीयूमा रहेको मन्त्रालयले जनाएको छ । लुम्बिनी प्रदेशमा २० जना संक्रमित आईसीयूमा र ३ जना भेन्टिलेटरमा रहेका छन्। उता कर्णालीमा २ जनाको आईसीयूमा उपचार भइरहेको छ भने भेन्टिलेटरमा कोही पनि छैनन्। सुदूरपश्चिममा भने आईसीयू र भेन्टिलेटमा संक्रमित छैनन् ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित