‘मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न जरुरी’
हेल्थ टिभी अनलाइन \काठमाडौं : मानसिक स्वास्थ्यका बारेमा खुलेर कुरा गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन्। आज नेपालस्थित अमेरिकी दूतावासद्वारा आयोजना गरिएको नेपालमा मानसिक स्वास्थ्य सक्रियता विषयक भर्चुअल प्यानल छलफल कार्यक्रममा बोल्दै उनीहरुले यस्तो बताएका हुन्।
कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले अमेरिका सरकारले धेरै पहिलेदेखि नेपालमा मानसिक स्वास्थ्यका क्षेत्रमा सहयोग गर्दै आएको जनाए । उनले मानसिक स्वास्थ्यकाबारेमा सबैले आ आफनो प्लेटफर्म र प्रविधि प्रयोग गरेर छलफल गर्नसक्ने र आवाज उठाउनपर्नेमा जोड दिए । राजदूत बेरीले अमेरिकामा वर्षेनी ४० हजार भन्दा बढी मानिसहरुले आत्महत्या गर्ने गरेको र यो संख्या प्रत्येक वर्ष बढ्दै गएको बताए । उनले यो संख्या महिलाहरुमा हुने स्तन क्यान्सरबाट हुने मृत्यु बराबर र पुरुषहरुमा प्रोस्टेट क्यान्सरबाट हुने क्यान्सर भन्दा निकै बढी भएको जिकीर गरे । उनले मानसिक स्वास्थ्यकाबारेमा खुलेर सबैले कुरा गर्ने हो भने र यसलाई अन्य स्वास्थ्य समस्या जस्तै लिनसके धेरै हदसम्म समस्या कम हुँदै जाने समेत बताए ।
राजदूत बेरीले भने, ‘हामीले प्रविधिको नयाँ आयामको प्रयोगमा जोड दिंदै गर्दा सबैभन्दा बढी सहयोग चाहिने जनसंख्या र समूदायले त्यस्तो प्रविधिलाई सजिलै प्रयोग गर्नसक्ने बनाउन जरुरी छ । साथै ग्रामीण क्षेत्रमा मानसिक स्वास्थ्यकर्मीहरुको अभावलाई सम्बोधन गर्नसक्ने उपायहरुको पनि खोजी गर्नुपर्छ ।’
कार्यक्रममा कोशिश नेपालका कार्यकारी निर्देशक मातृका देवकोटाले मानसिक स्वास्थ्यकाबारेमा अझै पनि समाजमा खुलेर कुरा नहुने कारणले पनि समस्या हुने गरेको बताए । उनले आफू नै मानसिक स्वास्थ्य समस्याबाट गुज्रेर त्यसबाट बाहिर आउन सफल भएको भन्दै समयमा काउन्सिलङ, सरसल्लाह, उपचार र परिवार र समाजको साथ पाएमा मानसिक स्वास्थ्य समस्या भएका मानिसहरु निको भएर गुणस्तरीय जीवन जीउन सक्ने जनाए । देवकोटाले अहिले कोेभिड १९ ले एक वर्षमा जति मानिसको मृत्यु भएको छ त्यसको धेरै गुणा बढी संख्यामा नेपालमा आत्महत्या हुने गरेको भन्दै यसतर्फ पनि ध्यान दिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा गायक सुदिन पोखरेलले मानसिक स्वास्थ्यकाबारेमा सबै जना बोल्नपर्ने बेला आइसकेको जनाए । विविध कारणले मानिसमा मानसिक समस्या हुनसक्छ । तर त्यसलाई लुकाउने हैन उपचार र परामर्शको बाटेतिर जान जरुरी रहेको उनले बताए ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित