अब कोरोना खोप : जिल्लाका सरकारी कार्यालय, स्थानीय तहका जनप्रतिनिधी एवं पत्रकारलाई
फागुण २ गतेदेखि खोप लगाउन शुरु गरिने
हेल्थ टिभी अनलाइन \काठमाडौं : फागुण २ गतेदेखि ८ गतेसम्म जिल्लास्थित सबै सरकारी कार्यालय, सार्वजनिक संस्थान, तथा बैंकका कर्मचारी, पत्रकार स्थानीय तहका जनप्रतिनिधी, सिमा सुरक्षा पोष्टमा खटिएका सुरक्षाकर्मी, र पहिले छुट भएका स्वास्थ्यकर्मी लगायतलाई खोप लगाइने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना जारी गर्दै यही फागुण २ गतेदेखि ८ गतेसम्म एक साताका लागि दोस्रो चरणको कोरोना खोप अभियान शुरु हुन लागेको जनाएको छ । मन्त्रालयले यस समूहमा पर्ने सबै जनालाई तोकिएको स्वास्थ्य संस्था वा खोप केन्द्रमा गएर कोरोना विरुद्धको खोप लगाउन आग्रह गरेको छ । खोप लगाउन जाँदा आफनो कार्यालयको परिचयपत्र अनिवार्य लिएर जान समेत मन्त्रालयले आग्रह गरेको छ ।
भारत सरकारले अनुदानमा दिएको १० लाख डोज कोरोना खोप पहिलो चरणमा स्वास्थ्यकर्मी लगायतका फ्रन्टलाइनरलाई दिइएको थियो भने अहिले कुटनितीक नियोगका कर्मचारी एवं पत्रकारलाई खोप दिइँदैछ । सरकारले यो अभियानमा ४ लाख ३० हजार जनालाई खोप दिने लक्ष्य राखेको छ ।
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’
स्वास्थ्यमन्त्री मेहताले स्वास्थ्य पत्रकारसँग किन मागिन एकाएक सुझाव ?
नेपाल क्यान्सर अस्पतालले एक अर्बको लगानी थप्दै