अब कोरोना खोप : जिल्लाका सरकारी कार्यालय, स्थानीय तहका जनप्रतिनिधी एवं पत्रकारलाई
फागुण २ गतेदेखि खोप लगाउन शुरु गरिने
हेल्थ टिभी अनलाइन \काठमाडौं : फागुण २ गतेदेखि ८ गतेसम्म जिल्लास्थित सबै सरकारी कार्यालय, सार्वजनिक संस्थान, तथा बैंकका कर्मचारी, पत्रकार स्थानीय तहका जनप्रतिनिधी, सिमा सुरक्षा पोष्टमा खटिएका सुरक्षाकर्मी, र पहिले छुट भएका स्वास्थ्यकर्मी लगायतलाई खोप लगाइने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना जारी गर्दै यही फागुण २ गतेदेखि ८ गतेसम्म एक साताका लागि दोस्रो चरणको कोरोना खोप अभियान शुरु हुन लागेको जनाएको छ । मन्त्रालयले यस समूहमा पर्ने सबै जनालाई तोकिएको स्वास्थ्य संस्था वा खोप केन्द्रमा गएर कोरोना विरुद्धको खोप लगाउन आग्रह गरेको छ । खोप लगाउन जाँदा आफनो कार्यालयको परिचयपत्र अनिवार्य लिएर जान समेत मन्त्रालयले आग्रह गरेको छ ।
भारत सरकारले अनुदानमा दिएको १० लाख डोज कोरोना खोप पहिलो चरणमा स्वास्थ्यकर्मी लगायतका फ्रन्टलाइनरलाई दिइएको थियो भने अहिले कुटनितीक नियोगका कर्मचारी एवं पत्रकारलाई खोप दिइँदैछ । सरकारले यो अभियानमा ४ लाख ३० हजार जनालाई खोप दिने लक्ष्य राखेको छ ।
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स